arrow

सलमानले बढाए सुरक्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
salman-khan-court_.jpg

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्कीपछि सुरक्षा बढाउँदै लगेका छन् । मूसेवालाको हत्या भएको केही दिनपछि बलिउड अभिनेता सलमान खानलाई धम्कीपूर्ण पत्र आएको थियो । लरेन्स बिश्नोई र गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की दिएका थिए । 

सलमानले मुम्बईका प्रहरी कार्यालयमा हतियार लाइसेन्सको लागि निवेदन पनि दिएका थिए। सलमानले गुण्डागर्दी गर्नेहरूको ज्यान मार्ने धम्की उल्लेख गर्दै प्रतिरोधका लागि बन्दुक राख्न अनुमति पाउनका लागि आवेदन दिएका थिए । मुम्बई पुलिसले बलिउड अभिनेता खानलाई बन्दुक राख्न अनुमति पत्र (लाइसेन्स) दिएको छ ।

सलमान र उनका बुबा सलिम खानलाई मार्ने धम्की दिने गुमनाम पत्र पाएपछि जून महिनामा पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता भएको थियो । यो चिठी उनका बुबा सलिम खानले मर्निङ वाकको क्रममा पाएका थिए । 

हाले सलमानले आफ्नो गाडिलाई समेत बुलेट प्रुफ बनाएका छन् । अभिनेताले आफ्नो कारलाई अपग्रेड गरेका छन्। सलमानले ल्यान्ड क्रुजरलाई बुलेट प्रुफ बनाएका हुन् । यसमा उनले आफ्नो कारमा आर्मर जडान गरेका छन् । 



नयाँ