arrow

भारत वेष्ट इन्डिजसँग ५ विकेटले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
t20-world-cup-west-indies-2.jpg

काठमाडौं ।  वेष्ट इन्डिजले भारतलाई ५ विकेटले पराजित गरेको छ । घरेलु टोली वेष्ट इन्डिजले भारतलाई ५ विकेटले पराजित गर्दै पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको दोस्रो खेल आफ्नो नाममा गरेको हो । 

पहिलो खेलमा भारतले वेष्ट इन्डिजलाई ६८ रनले हराएको थियो । दोस्रो खेलमा वेष्ट इन्डिजले ५ विकेटले जित्दै १-१ को बराबरी गरेको छ ।

भारतले वेष्ट इन्डिजलाई दिएको १३९ रनको लक्ष्य १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । वेष्ट इन्डिजका लागि ब्रान्डन किङले सर्वाधिक ६८ रन बनाए ।  यसै क्रममा डेभोन थोमसले अन्तिम ओभरमा धमाकेदार ब्याटिङ गर्दै १९ बलमा ३१ रन बनाएर आफ्नो टोलीलाई जित दिलाए ।

भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक रन बनाए । उनले ३१ बलमा ३१ रन बनाए । वेष्ट इन्डिजका लागि बलिङ गर्दै ओबेद म्याकोयले ६ विकेट लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ