arrow

भारत र पाकिस्तान एसिया कप क्रिकेटको एकै समूहमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
India-pakistan.jpeg

काठमाडौं । भारत र पाकिस्तान यूएईमा आयोजना हुने एसीसी एसिया कप क्रिकेट २०२२ को एकै समूहमा परेका छन् । आगामी अगस्त २७ तारिखदेखि शुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तान एकै समूहमा परेको एसियाली क्रिकेट परिषद् (एसीसी) ले जनाएको छ । 

एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । समूह एमा साविक विजेता भारतसँगै पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् । यो समूहका लागि कुवेत, हङकङ, सिंगापुर र कुवेतमध्ये एक टोली यस समूहमा रहने छन् ।

अर्थात् यो समूहबाट भारत र पाकिस्तान नै सुपर फोरमा पुग्ने सम्भावना बलियो बनेको छ । 

यसै समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । 

टी–२० शैलीमा खेलिने प्रतियोगिताको सुपर फोरमा भने सबै टिमले एक आपसमा खेल्नेछन् । शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ