arrow

पेलोसीको ताइवान भ्रमण: चीनद्वारा ‘लक्षित सैन्य अभियान’को घोषणा, तनाव चर्कियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
nancy-pelosi-usa-speaker-visit-taiwan-2022.jpg

काठमाडौँ। अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चिनियाँ सेना उच्च सतर्कतामा राखिएको चीनको रक्षा मन्त्रालयले बताएको छ।

चीनले विरोध गर्दै आए पनि मङ्गलवार राति पेलोसी ताइवान पुगेकी छन्। यससँगै चिनियाँ रक्षा मन्त्रालयले यसको जवाफ स्वरूप  'लक्षित सैन्य अपरेसन' सुरु गर्ने जनाएको छ।

यस्तै पीपुल्स लिबरेसन आर्मीको पूर्वी थिएटर कमाण्डले मङ्गलवार रातीदेखि नै ताइवान नजिकै संयुक्त सैन्य अभियान सञ्चालन गर्ने र ताइवानको पूर्वी समुद्रमा मिसाइल प्रक्षेपण गर्ने बताएको छ।

यस्तै चीनको जनमुक्ति सेनाले भोलिदेखि तीन दिने प्रत्यक्ष फायर अभ्यास गर्ने जनाएको छ।

पेलोसी जान खोज्दा ताइवानमा चिनियाँ लडाकु विमानको घेरा

यसबीच २५ सिनेट रिपब्लिकनहरूको समूहले पेलोसीको ताइवान भ्रमणको समर्थनमा बयान जारी गरेको छ।

इरानको विदेश मन्त्रालयले मङ्गलवार पेलोसीको यात्राको निन्दा गर्दै एकपक्षीयता र अन्तर्राष्ट्रिय नियमहरूको उल्लङ्घन अमेरिकी विदेश नीतिमा सामान्य अभ्यास भएको बताएको छ।

यस्तै ताइवानमा अवतरण भएको केही समयमै पेलोसीको राय लेख वासिङ्टन पोस्टमा प्रकाशित भएको छ। त्यसमा पेलोसीले 'म किन ताइवानमा संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छ' भन्ने शीर्षकमा राय लेखेकी छन्।

यस्तै उनले ताइवानमा अवतरण गरे लगत्तै छोटो बयान प्रकाशित गर्दै भ्रमणको उद्देश्य ताइवानको जीवन्त लोकतन्त्रलाई समर्थन गर्न अमेरिकाको अटल प्रतिबद्धतालाई हाइलाइट गर्नु भएको बताएकी छन्।

यस्तै चीनको विदेश मन्त्रालयले पेलोसीको ताइवान भ्रमणकोलाई लिएर कडा आलोचनासहित चेतावनी दिएको छ। चीनले यसलाई 'एक चीन नीतिको गम्भीर उल्लङ्घन' भएको भन्दै यसले चीन-अमेरिका सम्बन्धको राजनीतिक आधारमा 'गम्भीर असर' गर्ने बताएको छ।

मन्त्रालय विज्ञप्ति जारी गर्दै पेलोसीको भ्रमणले 'चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको गम्भीर उल्लङ्घन गरेको' बताएको छ।

चिनियाँ लडाकु विमानको घेरा तोड्दै अमेरिकी सभामुख पेलोसी ताइवानमा 

चीनले यो किसिमको अमेरिकी कदमले ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर बनाउने भन्दै चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न रोक्न र ताइवान कार्ड नखेल्न अमेरिकालाई आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ