arrow

मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
mugling-narayangadh-pahiro-2079.jpg

पोखरा । मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ केराबारीमा  राति २ बजे पुनः पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । पहाडको ठूलो ढिस्कोसहित पहिरो झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार सडक पूर्णरुपमा अवरुद्ध छ । पहिरो निकै ठूलो भएको र लेदो आउनेक्रम नरोकिएकाले पहिरो पन्छाउन निकै समय लाग्ने देखिन्छ । अहिले सो सडकखण्डको दुवैतर्फ सवारीको लामो लाइन लागेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ