- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतले घरेलु टोली वेष्ट इन्डिज विरुद्धको तेस्रो टी–२० क्रिकेट जितेको छ । मंगलबार राति भएको खेलमा भारतले घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको हो ।
जितसँगै ५ खेलको श्रृंखलामा भारतेल २–१ को अग्रता बनाएको छ । पहिलो खेल भारतले तथा दोस्रो खेल वेष्ट इन्डिजले जितेको थियो । चौथो खेल शनिबार हुनेछ ।
मंगलबारको खेलमा घरेलु टोलीले दिएको १ सय ६५ रनको विजयी लक्ष्य भारतले ६ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्यो । प्लेयर अफ द म्याच सूर्यकुमार यादवले ४४ बलमा ७६ रनको अर्धशतकीय इनिङ्स खेले । ऋषभ पन्तले २६ बलमा अविजित ३३ तथा श्रेयस ऐयरले २७ बलमा २४ रन बनाए ।
डोमिनिक डार्कस् , जासन होल्डर तथा अकिल होसेनले समान १–१ विकेट लिए ।
यसअघि पहिले ब्यटिङ गरेको घरेलु टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । केली मेयर्सले ७३ रन बनाए । भारतका लागि भुवनेश्वर कुमारले २ तथा हार्दिक पाण्ड्या र अर्शदिप सिंहले समान १–१ विकेट लिए ।