arrow

टी–२० क्रिकेटमा दीपेन्द्रको वरीयतामा सुधार, यस्तो छ विश्वभरकै खेलाडीको अवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
dipendra-singh-airee.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको टी–२०को ब्याटिङ वरीयता सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थानले सुधार आएको हो । 

दीपेन्द्र नयाँ वरीयताको ४३ औं स्थानमा उक्लिएका छन् ।  यस अघि उनी ४४ औं स्थानमा रहेका थिए ।

ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ४० औं स्थानमा यथावत रहेका छन् । नेपालबाट आसिफ शेख एक स्थान तल झदै ९७ औं स्थानमा रहेका छन् ।
यस्तो छ विश्वभरको ब्याटिङ वरीयता 

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ४१ औं स्थानमा यथावत रहेका छन् । बलिङमै अभिनाश बोहरा ९२ औं स्थानमा यथावत रहेका छन् । 

यस्तो छ विश्वभरकै बलिङ वरीयता
अलराउण्डरतर्फ दीपेन्द्र सिंह ऐरी ९ औं स्थानमा यथावत रहेका छन् ।
यस्तो छ विश्वभरकै अलराउण्ड वरीयता 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ