arrow

रुमादेखि योगितासम्म किशोर कुमार

किशोर कुमारको सम्झना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
kishor-kumar-madhubala.png

काठमाडौं । भारतीय बहुआयामिक व्यक्ति किशोर कुमारको आज ९३ औँ जन्म जयन्तीको हो । किशोर कुमार चलचित्रका हरेक विधामा पारङ्गत थिए । उनको विद्यालयको पढाइ मध्य प्रदेशको खाण्डवा भएको थियो भने कलेज शिक्षा इन्दौरबाट पुरा गरेका थिए। 

किशोर कुमारको पुर्ख्यौली निवास खण्डवामा अझै पनि अवस्थित छ । त्यहाँ उनको सम्झनामा प्रशंसकहरूले समाधि पनि बनाएका छन् । जहाँ उनका प्रशंसकहरू उनको सम्झना गर्न र भेट्न आउँछन्।

किशोर कुमारको वास्तविक नाम भास कुमार गांगुली थियो। उनले कहिले पनि सङ्गीतको अध्ययन गरेनन् तर भनिन्छ उनी प्रत्येक गीत गाउन सक्दथे। किशोर कुमार एक अलराउन्डर व्यक्ति थिए। १३ अक्टुबर १९८१ मा किशोर कुमार संसारबाट बिदाइ भएका थिए।

फिल्म जीवन बाहेक, किशोर कुमार आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहे। उनले चार जनासँग विवाह गरेका थिए । उनले पहिलो पटक १९५१ मा अभिनेत्री रुमा गुहासँग विवाह गरे। सो समय किशोर कुमारको बलिउडमा कुनै चर्चित थिएन। उनीहरूको विवाहको आठ वर्ष पछि १९५८ मा सम्बन्ध विच्छेद भयो। यसको पछाडिको कारण मधुबाला थिइन्।

विवाहित किशोर कुमार ती दिनमा मधुबालाको प्रेममा परे। किशोर कुमारले मधुबालालाई प्रस्ताव गरेको बेला उनी उपचारको लागि विदेश जाँदै थिइन्। किशोर कुमारले  रुमासँग सम्बन्ध विच्छेद गरेर केही समयपछि मधुबालासँग विवाह गरे । उनले आफ्नो धर्म परिवर्तन गरेर इस्लाम धर्म अपनाए। 

किशोर कुमारले आफ्नो नाम करीम अब्दुल राखेका थिए। यद्यपि किशोर कुमारका परिवारका सदस्यहरूले उनीहरूको सम्बन्धलाई कहिले पनि स्विकारेनन्। किशोर कुमारको यो विवाह पनि असफल भयो। मधुबालाको मुटुको प्वालको कारण मृत्यु भयो भने र किशोर कुमार एक्लै भए।

मधुबालाको मृत्यु पछि योगीता बाली किशोर कुमारको जीवनमा आइन्। उनीहरूबिच पहिले प्रेममा भयो र त्यसपछि विवाह गरे। उनीहरूको १९७६ मा बिहे भयो। समय बितेसँगै दुवैको सम्बन्धमा दरार आउन थाल्यो । १९७८ मा दुवैले सम्बन्ध विच्छेद गरे। योगिताले पछि मिथुन चक्रवर्तीसँग विवाह गरिन्।

योगिताबाट सम्बन्ध विच्छेद पछि अभिनेत्री लीना चन्द्रवरकरले किशोरको जीवनमा प्रवेश गरिन्। चौथो र अन्तिम पटक १९८० मा, किशोर कुमारले लीनासँग विवाह गरे जसको उनीहरूसँग एक छोरा सुमित कुमार छन्। लीना र किशोर बीच २१ वर्षको भिन्नता रहेको थियो। यो विवाह किशोर कुमारको अन्त्यसम्म चलेको थियो।



नयाँ