arrow

चीनले ताइवानविरुद्ध थाल्यो सबैभन्दा ठूलो सैन्य अभ्यास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
china-army-training-taiwan.jpg

काठमाडौं । चीनले ताइवानविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास थालेको छ । अमेरिकी सभामुख (अमेरिकी राजनीतिको तेस्रो वरियताप्राप्त) न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवान वरपरका समुद्रहरूमा ठूलो सैन्य अभ्यास गर्ने निर्णय गरेको थियो । 

सोअनुसार चीनले सैन्य अभ्यास थालेको हो । चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको ताइवानले बताएको छ । पेलोसी मंगलबार राति ताइवान आएर बुधबार फर्केकी थिइन् । 

यो भ्रमणलाई लिएर बेइजिङ क्रुद्ध बनेको छ । चीनले अमेरिकाले अनावश्यक हस्तक्षेप गरिरहेको ठानिरहेको छ । चीनले ताइवानलाई कब्जा गर्ने नीति बनाएको छ । अमेरिकाले भने कुनै पनि स्वतन्त्र राष्ट्रलाई कसैले पनि कब्जा गर्न नदिने बताएको छ । 

तर चीनले भने ताइवान र आफ्नोबीचको विषयमा कसैलाई पनि हस्तक्षेप नगर्न चेतावनी दिइरहेको छ । दुई करोड तीस लाखको हाराहारीमा जनसंख्या रहेको ताइवानलाई कब्जा गर्ने नीतिअनुसार आगामी अगस्त ७ तारिखमा चिनियाँ पिपुल्स लिबरेसन पार्टी (पीएलए) ले ताइवान आसपासका ६ क्षेत्रमा सैन्य अभ्यास गर्ने भएको छ । 

चीनले योसंगै मिसाइल परीक्षण गर्नेसमेत जनाइएको छ । 

ताइवान वरपर हुन लागेको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो भएको बताइएको छ । चीनले ताइवानसँगको केही व्यापारमा पनि प्रतिबन्ध लगाएको छ । सैन्य अभ्यास व्यस्त जलमार्गहरूमा हुनेछ । 

ताइवानले यो अभ्यासलाई समुद्री र हवाई नाकाबन्दी मानेको छ । उसले जहाजहरूलाई विभिन्न मार्गहरू अप्नाउन आग्रह गरेको छ । उसले वैकल्पिक उड्डयन मार्ग खोज्न जापान र फिलिपिन्ससँग वार्ता गरिरहेको छ ।

हालैका दिनहरूमा धेरै मन्त्रालयहरूले साइबर आक्रमणको सामना गरेका ताइवान सरकारले जनाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सैन्य अभ्यास गैरजिम्मेवारपूर्ण भएको र तिनीहरू नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ