arrow

मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
narayanghad-mugling-pahiro.jpg

पोखरा । मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका वडा नंं २९ केराबारीस्थित मौरी पुलमा पहिरो जाँदा गएराति रातिदेखि सडक अवरूद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति २ बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको हो । 

पहिरो खस्नेक्रम नरोकिएकाले पहिरो पन्छाउन नसकिएको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । पहिरो ठूलो भएको पन्छाउन समय लाग्नसक्ने देखिएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ