- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड अभिनेता सलमान खानले मुम्बईको बान्द्रामा रहेको शाहरुख खानको आलिशान बङ्गला ‘मन्नत’ मा के गर्छौ भनी प्रश्न गरेका छन् ।
वास्तवमा शाहरुखले किनेको बङ्गला मन्नत पहिले सलमालाई अफर गरिएको थियो । तर उनका बुबा सलिम खानले उनलाई यो किन्न दिएनन् । सो प्रस्ताव अस्वीकार गरेर अघि बढेको थिएन ।
सो समय सलमान भर्खर करियर सुरु गरेका थिए । उनले आफ्ना बुवा सलिम खानलाई भने तर बाबुले यति ठूलो बङ्गला के गर्नु ? भनेर पन्छाए । हाल सलमाले शाहरुलाई सोधेका छन्,' अब म शाहरुख खानलाई सोध्न चाहन्छु कि तिमी यति ठूलो बङ्गलामा के गर्छौ ?'
शाहरुख खानको बङ्गला करिब ३२० करोडको छ । उनको बङ्गलाको क्षेत्रफल २७ हजार स्क्वायर फिटभन्दा बढी छ । मन्नतमा ६ फ्लोर छन् र प्रत्येक फ्लोरमा ५ बेडरुम छन्।
वास्तुकार-डिजाइनर कैफ फकीहसँग मिलेर गौरी खानले मन्नतको डिजाइन गरेकी हुन् । समुद्री किनारमा रहेको यो बङ्गलामा एक अरबपतिको बङ्गलामा हुने सबै सुविधाहरू छन्।
बङ्गलामा निजी चलचित्र थिएटर, जिम, स्विमिङ पुल र शाहरुखको अफिस पनि छ। उनी यस बङ्गलामा श्रीमती गौरी, छोरी सुहाना, जेठो छोरा आर्यन र कान्छो छोरा अबरामसँग बस्छन् ।
किंग खानले २६ हजार ३ सय २८.५२ वर्ग फुटमा फैलिएको भिला भियनालाई २२.०४ करोड नेपाली रुपैयाँमा दिएर खरिद गरेका थिए । अहिले यसको लागत ३२० करोड नेपाली रुपैयाँ बताइएको छ ।