arrow

अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु, ३७ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
korea-hospital-fire.jpg

काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन् । 

स्थानीय समयानुसार बिहान १०ः१७ बजे चार तले भवनमा आगलागी भएको थियो । त्यस  भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन् भने दोस्रो र तेस्रो तल्लामा  कार्यालयहरू छन्। 

अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको थियो । तीन जना बिरामी र एक नर्स थिइन् भने बाँकी एकको पहिचान हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ