arrow

कच्चा तेलको मूल्य पाँच महिनायताकै न्यून, एक्कासी कसरी घट्यो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
brent-oil-price.jpg

काठमाडौं । विश्व बजारमा कच्चा तेलेको मूल्य घटेर पाँच महिना यताकै न्यून बिन्दुमा पुगेको छ । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि बढ्दै गएको कच्चा तेलेको मूल्य गत मार्चमा १२८ अमेरिकी डलर भन्दा बढी पुगेको थियो ।

बिहीबार ढिला डब्यूटीआई कच्चा तेलको मूल्य ८८.५४ डलर जुन फेब्रुअरी २ यताकै कम पुगेको थियो भने, ब्रेन्ट कच्चा तेलेको मूल्य ९४.१२ डलर फेब्रुअरी १८ यताकै न्यून बिन्दुमा पुगेको थियो ।

कच्चा तेलको मूल्यमा आएको गिरावट संयुक्त राज्य अमेरिका र युरोपलगायतका ठूला उपभोक्ता राष्ट्रमा राहत हुने ठानिएको छ । मूल्य लामो समयका लागि तल रह्यो भने नेपाल लगायतका देशमा पनि राहतको अपेक्षा गर्न सकिन्छ । बढ्दो मुद्रास्फीतिसँग लड्न अमेरिका र युरोपले तेल उत्पादक देशहरुलाई उत्पादन बढाउन आग्रह गरिरहेका छन् ।

कुनै बेला कोरोना भाइरसको महामारीले कालो दिनको सामना गरेको तेलको भाउ रुसले युक्रेनमाथि आक्रमण गरेसँगै आकासिएको थियो ।प्राविधिक समर्थन स्तरको ब्रेक र अपेक्षित यूएस निहित पेट्रोल माग भन्दा कमजोर भएपछि बुधवारदेखि तेलको मूल्यमा कमजोरी देखिएको यूबीएसका विश्लेषक जियोभन्नी स्टाउनोभोको भनाइ छ ।

संयुक्त राज्य अमेरिका र युरोपमा आर्थिक मन्दी, उदीयमान बजारका अर्थतन्त्रहरूमा ऋण संकट र विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता चीनको कडा शून्य कोभिड नीतिको बारेमा बढ्दो चिन्ताले मागको दृष्टिकोणसमेत अस्पष्ट छ ।

विश्लेषकहरुले मूल्य ९० डलरको आसपासमा आउनसक्ने आंकलनसमेत गरेका छन् । यस्तै तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेकले सेप्टेम्बर महिनामा दैनिक थप १ लाख ब्यारेल (वैश्विक मागको ०.१ प्रतिशत) तेल उत्पादन गर्ने सहमति गरेसँगै तेलेको मूल्य घट्ने अनुमान गरिएको थियो ।

आउँदो हिउँदमा विश्वले गम्भीर आपुर्ति संकटको सामना गर्नु पर्ने भएका कारण ओपेकका भारी राष्ट्र साउदी अरेबिया र युएई तेल उत्पादनमा महत्वपूर्ण वृद्धि गर्न तयार रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ