arrow

भारतमा आज उपराष्ट्रपति निर्वाचन

logo
एजेन्सी,
प्रकाशित २०७९ साउन २१ शनिबार
jagdeep-bhankhar-bjp-margaret-congress.jpg

नयाँ दिल्ली। भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ। आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद् भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।साँझपछि नतिजा आउने सम्भावना छ।

सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन्। बङ्गालको पूर्व गभर्नर धनखरको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ