arrow

वरिष्ठ अभिनेता कृष्ण मल्ल फेरि फिल्म सोसाइटीको अध्यक्षमा चयन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २१ शनिबार
nepal-film-society-krishna-mall-team.jpg

काठमाडौं । वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्वाचित भएका छन् । सोसाइटीको साधारण सभाबाट उनी अध्यक्षमा पुनः चयन भएका हुन् । 

अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफू कटिबद्ध भइ लागिपर्ने बताए । यसैगरी सोसाइटीको उपाध्यक्षमा अभिनेता पुरन जोशी, मोहनकृष्ण श्रेष्ठ र नारायण प्रधान निर्वाचित भएका छन् । 

महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी सोसाइटीको सदस्यमा क्रमशः चेतबहादुर सिंह, सानुकुमार ताम्रकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाईएल लामा, मधुकुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत चयन भएका छन् । 

नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत छ । 



नयाँ