arrow

पाँच खेलको क्रिकेट शृङ्खलामा भारतसँग वेष्ट इन्डिज पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
india-vs-west-indies.jpg

काठमाडौं । पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा भारतले वेष्ट इन्डिजलाई पराजित गरेको छ । 

घरेलु टोली वेष्ट इन्डिजलाई भारतले ८८ रनले पराजित गरेको छ । योसँगै भारतले पाँच खेलको सिरिज ४–१ ले जितेको छ ।

पहिलो खेलमा भारतले वेष्ट इन्डिजलाई ६८ रनले हराएको थियो । दोस्रो खेलमा वेष्ट इन्डिजले ५ विकेटले जित्दै १-१ को बराबरी गर्‍यो । त्यस्तै तेस्रो, चोथो र पाँचौँ खेल भारतले आफ्नो पक्षमा पार्‍यो । 

टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो । ओपनिङमा आएका श्रेयस अय्यरले सर्वाधिक ६४ रनको इनिङ खेले । दीपक हुडाले ३८ र कप्तान हार्दिक पाण्डेयले २८ रन बनाए ।

जवाफमा वेष्ट इन्डिजको टोली १५.४ ओभरमा १०० रनमा अलआउट भयो। शिमरोन हेटमायरले ५६ रन बनाए । भारतका लागि रवि बिश्नोईले सर्वाधिक ४ विकेट लिए । अक्षर पटेल र कुल दीप यादवले तीन–तीन विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ