arrow

साउन २३ देखि २९ सम्मकाे यस्तो हुनेछ राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
horoscope-weekly-anytime.jpg

साप्ताहिक फल : साउन २३ गते सोमबारदेखि २९ गते आइतबारसम्म । वर्षाको अन्तिम साता चल्दै गर्दा समग्रमा १२ राशिको योग यस्तो रहेको छ ।

साप्ताहिक राशिफल :

मेष : तपाईंका लागि यो हप्ता आफन्त व्यक्तिसँग झगडा, मन चञ्चल कार्यक्रममा विघ्नबाधा, पेट अथवा कम्मर दुख्ने वायू रोग, शूल, मन परेको खानामा अवरोध कुनै चिन्ता पर्ने समाचार सुन्नुपर्ला । जस्तो परेता पनि धैर्यका साथ काम लिनु होला । हप्ताको अन्त्यतिरको समयमा केही सुधार आउनेछ । समग्रमा समय खराब रहेकाले सतर्क हुनु अति आवश्यक छ ।

वृष : तपाईंलाई यो हप्ता एक्कासी स्वास्थ्यले धोका दिन सक्छ । खानामा गडबढी, असुविधा, कुनै व्यक्तिसंग विवाद पर्ने, यो हप्ता लाभ कम, हानी नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । साताका अन्तिम दिनहरूमा समयले साथ दिनेछन्, महत्वपूर्ण कामहरू सोही समयमा गर्दा राम्रो हुनेछ ।

मिथुन : तपाईंका लागि यो हप्ता स्वास्थ्यमा आकस्मिक खराबी आउन सक्ने, आफ्नै रिसको झोंकमा काम बिगार्दै हिंड्ने, औषधि उपचार गर्दा छिटो स्वास्थ्य सुधार नहुने, जताबाट पनि तपाईंलाई समय राम्रो छैन । सकेसम्म उत्तर दिशाको यात्रामा नजानुहोला । समग्रमा भन्नुपर्दा यो हप्ता तपाईंलाई शुभ रहेको छैन । यो हप्तामा नयाँ कामको थालनी नगर्दा राम्रो हुने देखिएको छ ।

कर्कट : तपाईंलाई यो हप्ता आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नयाँ पेशाको थालनीका लागि पनि यो हप्ता त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ ।

सिंह : तपाईंको यो हप्ता अनावश्यक चिन्ताले सताउनेछन् । आँपूm अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसंग झगडा पर्न सक्नेछ । यो हप्ता कुनै मुद्दा मामिलामा लाग्नु ठीक छैन, लागियो भने धन र समयको वर्वादीमात्र हुनेछ । समय अत्यन्त खराब रहेकाले सतर्क हुनु अति आवश्यक छ । टाढाको यात्रा पनि भरपर्दो नरहने देखिएको छ, सतर्क हुनुहोला ।

कन्या : तपाईंलाई यो हप्ता लाभ पाइने अवसर प्रशस्तै छन् । प्राप्त मौकाको ठीक–ठीक सदुपयोग गर्नुभयो भने आगामी दिनमा राम्रो प्रतिष्ठा, पद, पैसा सबै प्रकारले चित्त बुझ्दो उन्नति प्रगति गर्न सक्नुहुनेछ । आदर सत्कारमा वृद्धि हुनेछ । आश्रित कर्मचारी, पारिवारिक सदस्यबाट राम्रो सहयोग पाइने छ, समय शुभ रहेकाले सही उपयोग गर्न सके उच्चतम लाभ मिल्नेछ ।

तुला : तपाईंका लागि यो हप्ता मिथ्या आरोप लाग्ने सम्भावना छ । आर्थिक लेनदेन कारोवार गर्दा ज्यादै सतर्क रहनुहोला । विशेषगरी सोमबारको दिन पानीबाट खतरा छ, सतर्क रहनुहोला । यो हप्ता केही काम बन्ने, केही अधुरा रहने जस्तो छ । गाडी चलाउँदा विशेष ख्याल गर्नुहोला । परिश्रम खुबै नगरी नहुने तर समयमा खाना खान नपाइने वा गड्बढीको सम्भावना बलियो छ ।

वृश्चिक : तपाईंका लागि यो हप्ता कुनै व्यक्तिमार्फत धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । पुराना इष्टमित्र एक्कासी भेट होलान् । यो हप्ता तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ, समयको महत्व बुझ्नुहोला ।

धनु : तपाईंका लागि यो हप्ता बिहीबार र शुक्रबार मानसिक चिन्ता, कसैबाट अपमानित पनि हुनुपर्ला जस्तो छ जो कसै कहाँ नजानु नै उचित हुनेछ । सरकारी कर्मचारीबाट काम असफल बनाउने प्रयास हुने छ । जसमाथि विश्वास, भरोसा गर्दै आइरहनु भएकोछ उनै व्यक्तिबाट विश्वास घातको सम्भावना, यात्रामा समेत विविध कठिनाई हुनेछ । विशेष ख्याल गर्नुहोला ।

मकर : तपाईंका लागि यो हप्ता आकस्मिक रूपमा नगद प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ पाइने समय छ । विद्यार्थी तथा शिक्षकहरूका लागि लाभ पाइने अवसर प्रशस्तै छन् । प्राप्त मौकाको ठीक–ठीक सदुपयोग गर्नुभयो भने आगामी दिनमा राम्रो प्रतिष्ठा, पद, पैसा सबै प्रकारले चित्त बुझ्दो उन्नति प्रगति गर्न सक्नुहुनेछ । समय अत्यन्तै शुभ छ, सही उपयोग गर्नुहोला ।

कुम्भ : तपाईंको यो हप्ता स्वास्थ्य ठीक–ठाक रहनेछ । गर्न खोजेका केही काम सफल र केही अधुरा रहनेछन् । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने बुधबार किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम सोमबार र बिहीबार शुरु गर्नुहोला । समग्रमा समय शुभ छ, सही सदुपयोग गरेमा लाभ मिल्नेछ ।

मीन : तपाईंलाई यो हप्ता स्वास्थ्यले राम्रो साथ दिनेछ । प्रशन्नता बढ्ने काम हुनेछन् । उठ्नुपर्ने रकम सजिलै उठ्नेछ । सबै प्रकारका काममा राम्रो सफलता मिल्ने देखिन्छ । इज्जत, प्रतिष्ठा बढ्ने ठाउँमा उपस्थित र सहभागी हुन पाइनेछ । घरमा पारिवारिक सहयोग सबैबाट पाइनेछ । समय शुभ छ, समयको सही उपयोग अवश्य गर्नुहोला तर शनिबार पूर्वतिर नजानुहोला ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ