arrow

मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध, सवारीको लामो लाइन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
mugling-narayangadh.jpg

पोखरा । मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं. २९ केराबारीस्थित मौरी खोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

साँझ ५ बजे पहिरो खसी सडक अवरुद्ध भएको हो । पहिरोका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । 

पहिरो पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । अहिले सडकमा गाडीको लामो लाइन लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ