arrow

बञ्चरेडाँडाका स्थानीयको पुनः अवरोध, सुरक्षाको माग

स्थानीयले फोहर बोकेका ट्रकलाई ढुङ्गाले हाने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
bancare-dada.jpg

काठमाडौं । विभिन्न कारण अवरोध हुँदै आएको फोहर व्यवस्थापन स्थानीयवासीले पुनः रोकेका छन् ।

बञ्चरेडाँडाका स्थानीयले फेरी सडक हिलो र धुलो भएको भन्दै फोहोरका गाडी रोकेका छन् । 

 माग राखेर धुनीबेँसी गाउँपालिका–१ का स्थानीयवासीले आइतबारदेखि उपत्यकाको फोहोर लैजान दिएका छैनन् । 

आइतबार र सोमबार फोहोर लिएर गएका ट्रकमाथि स्थानीयवासीले ढुङ्गा हानेका थिए । ढुङ्गा प्रहार गरेपछि फोहोरका गाडी फर्किएका थिए। 

काठमाडौं महानगरपालिकाले धादिङ प्रशासनसँग मङ्गलवारदेखि ल्यान्डफिल साइट क्षेत्र बन्चरेडाँडामा सुरक्षाको माग गरेको छ ।

यसअघि बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको थियो ।  

हरेक दिन उपत्यकाबाट एक हजार २ सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो ।

यसमध्ये सबैभन्दा बढी कामपामा ५ सय मेट्रिक टन फोहर निस्कने गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ