arrow

व्यस्त जीवनशैलीको विकल्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
chandragiri-hills-mandir.jpg

काठमाडौं । शहरको व्यस्त जीवनशैलीबाट केही क्षण विश्राम लिन मानिसहरु काठमाडौं उपत्यका नजिकाका रमणीय  स्थलहरुको खोजीमा छन् । डाँडामा हाइकिङदेखि नयाँ नयाँ ठाउँको खोजिमा छन् उनीहरु । अहिले आन्तरिक पर्यटकको रोजाइमा परेको छ चन्द्रागिरी नगरपालिकामा पर्ने चन्द्रागिरी हिल्स ।

समुन्द्री सतहबाट झण्डै २ हजार ५५१ मिटर उचाइमा रहेको चन्द्रागिरी डाँडा करिब १२ मिनेट केबुलकार यात्रामा पुग्न सकिन्छ । करिब दुई वर्षदेखि सञ्चालन भइरहेको चन्द्रागिरी केवलकार महत्वपूर्ण आकर्षण बनेको छ । प्राकृतिक मनोरम दृश्य तथा उचाइको मज्जा लिन ठूलो संख्यामा पर्यटक जाने गरेका छन् ।
 
केबलकारमार्फत चन्द्रागिरी जानेहरुको बिदाका साथै अन्य दिनमा लर्को लाग्ने गरेको छ। बच्चादेखि वृद्धासम्मका सबै सुविधा उपलब्ध रहेकाले नै यो स्थान धेरैको रोजाइ बनेको हो । जहाँ रहेको पहाडी स्टेसन पर्यटकका लागि थप आकर्षक बनेको छ ।

काठमाडौं उपत्यकाको पर्यटन क्षेत्रको विकास र चन्द्रागिरी केवलकारले महत्वपूर्ण योगदान गरेको छ । चन्द्रागिरीको टाकुरामा रहेको भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्ट लगायतका पूर्वाधार निर्माणसँगै सो कम्पनीले एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गरेको जनाएको छ।

Chandragiri hills-Photo Feature  (14).JPG
चन्द्रागिरी हिल्समा आनन्द
Chandragiri hills-Photo Feature  (13).JPG
Chandragiri hills-Photo Feature  (11).JPG
Chandragiri hills-Photo Feature  (10).JPG
Chandragiri hills-Photo Feature  (9).JPG
Chandragiri hills-Photo Feature  (8).JPG
chandragiri hills.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ