arrow

बाँकेको चिसापानीबाट ट्रकसहित ५९ लाखको अवैध सामग्री बरामत, दुई पक्राउ

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ साउन २४ मंगलबार
sasastra-baramad-two-arrested.jpg

नेपालगञ्ज । सशस्त्र प्रहरी बाँके प्रमुखले आफै  बाँकेबाट ट्रकसहित लगभग साढे ५९ लाखको अवैध सामाग्री बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेका छन् । 

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी  बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतको कमान्डमा गएको टोलीले मंगलबार बिहान २ बजे  बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ हात्तीसार चिसापानीमा भे १ ख ३५८८ नम्बरको  ट्रकलाई चेकजाँच गर्ने क्रममा  ठुलो परिमाणमा अवैध चामल, चिनी, सुपरपावर सुर्ती ,लेडिज सुट बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार सशस्त्र प्रहरी उपरीक्षक बस्नेतको कमान्डको टोलीले ट्रकसहित बिल नभएका  १ सय बोरा चिनी, ३ सय बोरा चामल, २९ बोरी सुपरपावर सुर्ती  र १ सय पिस लेडिज सुट बरामद गरेको हो ।  

उक्त टोलीले  दैलेख  गुराँसे गाउँपालिका ४ का २७ वर्षीय ट्रक चालक गौरव गिरी र  दैलेख दुल्लु १२ का २१ वर्षीय ट्रक चालक अर्जुन रावतलाई समेत पक्राउ गरेको हो।

बरामद गरिएका ५९ लाख ४० हजार बराबरका सबै अवैध सामाग्री , नियन्त्रणमा लिइएको ट्रकसहित दुई जनालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ। 

सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले  वर्तमान अवस्थामा सीमा नाकामा हुने तस्करीविरुद्द दैनिक गस्तीसमेत गर्दै आएका छन् । बस्नेत आफैं फिल्डमा खट्दै तस्करीविरुद्ध लाग्न मातहतका सबैलाई निर्देशन दिँदै आएका छन् । 

बस्नेतले बाँके कमान्ड सम्हालेको ६ महिनामै साढे २ करोड बढीको राजस्व समेत संकलन गर्दै संगठनमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी उच्च अधिकृतमा नाम लेखाउनसमेत सफल बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ