arrow

बञ्चरेडाँडामा फोहोर बोक्ने साधनमा तोडफोड

बालेन्द्रले भने - अपराधीहरूलाई कानून बमोजिम कडा कारबाही हुनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
ktm-fohor.jpg

काठमाडौं । काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडातर्फ गएका गाडीमाथि अज्ञात समूहले तोडफोड गरेका छन् ।  सोमवार राति काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहले तोडफोड गरेको हो ।

 सिस्डोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेपछि महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल भएको प्रतिक्रिया दिएका छन् ।

काठमाडौं महानगरपालिका अनुसार १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका ३ वटा डोजर तोडफोड भएको हो ।

 उनले केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाको फोहोरलाई अव्यवस्थित र असर पार्न नसकिने बताएका छन् ।

मेयर शाहले  सामाजिक  फोहोर बोक्ने साधनहरूको तोडफोड जघन्य अपराध रहेको बताउँदै अपराधीहरूलाई कानून बमोजिम कडा कारबाही हुनुपर्छ भन्नेमा महानगर स्पष्ट रहेको बताए । 

उनले साधनहरू तोडफोड गर्नेहरूबाट नै यसको भरपाई तथा क्षतिपूर्ति तिराउने भन्दै यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरूसँग समन्वय गरिरहेको उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ