arrow

आन्दोलनरत नासुको माग सम्बोधन गर्न सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
nasu-aandolan.jpg

काठमाडौं । आन्दोलनरत नायब सुब्बा (नासु) कर्मचारीको माग सम्बोधन गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । 

सुब्बाहरू एकै पटक आन्दोलनमा उत्रिएपछि देशभरका जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, यातायात, वैदेशिक रोजगार, श्रमलगायत कार्यालयका काम ठप्प भएका छन् ।

प्रतिनिधिसभाको बैठकमा हृदयेश त्रिपाठीले राजपत्र अकिंत र अंनकित कर्मचारीहरूलाई भेदभाव गरेको बताए ।  उनले कर्मचारीको तलबमान वृद्धिको शैलीमाथि ‘जहाँ गहिरो, उहीँ पानी’ भन्दै व्यङ्ग्य पनि गरेका छन् ।

उनले भने,' अहिले सरकारले जुन कर्मचारीहरूको तलबमान वृद्धि गरेको छ । यसमा एउटा द्धिवधा देखियो राजपत्र अंनकित कर्मचारीहरू १५ प्रतिशत र राजपत्र अकिंत कर्मचारीहरू २४ देखि २६ प्रतिशत वृद्धि हुने भो । जसले गर्दा नासुहरू अहिले आन्दोलन पेन डाउनमा छन् । त्यता तर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।  जहाँ गहिरो, उहीँ पानी हुनुभएन ।”

निजामती कर्मचारी ऐन समयमै नआउँदा समस्या बढेको उनको भनाई थियो । सरकारकाले सङ्घीय निजामती ऐनमा नायब सुब्बाका माग सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरू आन्दोलनमा उत्रिएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ