- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । हृदयाघातका कारण वरिष्ठ छायाकार विदुर पाण्डेको निधन भएको छ । ५४ वर्षको उमेरमा पाण्डेको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो ।
पाण्डेलाई सीता पाइला स्थिति आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गङ्गालाल अस्पताल पुर्याइएको थियो । उनलाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।
‘कागबेनी’ लगायत केही फिल्म छायाङ्कन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाकार हुन् । पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ।