arrow

धनुषामा थपिए १२ हजार दुई सय मतदाता 

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ साउन २५ बुधबार
dhanusha-final.png

जनकपुर । धनुषामा १२ हजार १ सय ९४ नयाँ मतदाता थपिएका छन् । असार १ गतेदेखि शुरु भएको फोटोसहितको मतदाता नामावलीमा सो संख्यामा नयाँ मतदाता थपिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय यदुकोहामा गरी तीन स्थानमा नामावली संकलनको काम थालिएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतका अनुसार धनुषामा पुरुष ६ हजार ९ सय ९८ र महिला ५ हजार १९ जना नयाँ मतदाता थपिएका छन् । 

त्यस्तै, जिल्ला बाहिरका ४ सय ५० नयाँ मतदाता थपिएका हुन् । जसमा पुरुष ३ सय १२ र महिला १ सय ३८ जना रहेको सूचना अधिकारी राउतले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयमा २ हजार ५ सय ३९ पुरुष र १ हजार ४ सय ७४ महिला गरी कूल ४ हजार १३, जिल्ला निर्वाचन कार्यालयमा ३ हजार १ सय १८ पुरुष र २ हजार ६ सय ७७ महिला गरी कूल ५ हजार ७ सय ९५ र इलाका प्रशासन कार्यालय यदुकोहामा १ हजार ३ सय ४१ पुरुष र १ हजार ४५ महिला गरी २ हजार ३ सय ८६ नयाँ मतदाता थपिएका छन् ।

योसँगै नयाँ मतदाताको कूल संख्या रुजु भएर आएपछि मात्र यकिनका साथ भन्न सकिने सूचना अधिकारी राउतले जानकारी दिए । यसअघि गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनुषामा ४ लाख ६७ हजार ३ सय ८८ मतदाता रहेका थिए । जसमध्ये पुरुष २ लाख ४८ हजार ८ सय ४०, महिला २ लाख १८ हजार ५ सय ४२ र अन्य ६ जना थिए ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय धनुषाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ