arrow

वार्षिक सय करोड कमाउने सुनिल शेट्टी बन्न चाहन्थे अरू केही

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
sunil-setthu.jpg

काठमाडौं । बलिउड अभिनेता सुनिल शेट्टीले आफ्नो ३० वर्षको करियरमा एक्सनदेखि लभ स्टोरी र कमेडी फिल्मसम्म खेलेका छन् । उनले सयभन्दा बढी फिल्ममा काम गरेका छन् । सुनिल शेट्टीको जन्म ११ अगस्ट १९६१ मा कर्नाटकमा भएको थियो। आज सुनीलको ६१ औं जन्मदिन हो ।  
 
सुनिल सानोमा भारतीय क्रिकेट टोलीबाट क्रिकेट खेल्ने सपना देख्थे। उनी क्रिकेटर बन्न चाहन्थे, त्यसैले उनको ध्यान खेलकुदमा बढी थियो । उनले अभिनयको बारेमा सोचेका थिएनन् । एक कुराकानीका क्रममा सुनिल शेट्टीले भनेका थिए, ‘म आफ्नो देशका लागि खेल्न चाहन्थेँ ।

तर, उनले फिल्मी क्षेत्रमा करियर बनाए । उनी रोयल इन नामको रेष्टुरेन्ट चेन चलाउँछन् ।  दक्षिण भारतमा उनले रेष्टुरेन्टको विशेष चर्चा हुने गरेको छ । रेष्टुरेन्टबाट मात्रै उनी करोडौंको आम्दानी गर्ने गर्छन् ।   

यति धेरै व्यवसाय सञ्चालन गर्दा पनि उनी आफ्नो शारीरिक व्यायाममा भने विशेष ध्यान दिने गरेका छन् । उनले फिटनेश रियलिटी शो ‘इन्डियाज असली च्याम्पियन है दम’ होस्ट गरिसकेका छन्।

फिटनेशको मामिलामा पनि सुनिल शेट्टी युवाभन्दा पनि अगाडि छन् । उनको कम्मर केवल २८ इन्टको छ । उनी पछिल्लो २५ वर्षदेखि यही नापको जीन्स लगाउँदै आएका छन् । उनी त्यसका लागि निकै रुटिन पछ्याउँदै आएको छ।

उनको फिल्मी करियरमा केही उतारचढाव आए पनि उनले व्यवसायमा भने सधैं सफलता हात लागेको छ । उनको रेष्टुरेन्ट र कपडाको व्यापार छ । उनको पत्नीको पनि डेकोर सेन्टर छ ।

सन् २००१ मा आएको फिल्म धड्कनमा सुनीललाई वेस्ट भिलेनको फिल्म फेयर अवार्ड मिलेको थियो । तर, बिस्तारै उनको फिल्मी करियर कमजोर बन्दै गएको थियो ।

अहिले उनी आफ्नो व्यापारमा ध्यान दिइरहेका छन् । उनको एक प्रोडक्सन हाउस पनि छ । साथै उनको एक अनलाइन भेन्चर पनि छ । यहाँबाट नयाँ प्रतिभाको खोजी गरिन्छ ।

अभिनेता सुनीलकी श्रीमतीको नाम माना शेट्टी हो । उनीहरूको एक छोरी आथिया शेट्टी र छोरा आहान शेट्टी छन् । सुनिल शेट्टी र माना शेट्टीको प्रेमकथा पनि निकै रोचक छ । सुनिल शेट्टी र मानालाई आ-आफ्नो परिवारलाई एकअर्कासँग विवाह गर्न मनाउन करिब नौ वर्ष लाग्यो। २५ डिसेम्बर १९९१ मा दुवैले विवाह गरेका थिए । 

सुनिल शेट्टी महँगो र लग्जरी गाडीको धेरै मन पराउँछन्। सुनिल शेट्टीसँग करोडौंको सम्पत्ति छ । उनी विलासी जीवन बिताइरहेका छन् । २०२१ को रिपोर्ट अनुसार, अभिनेताको वार्षिक आम्दानी करिब १०० करोड रुपैयाँ छ।



नयाँ