arrow
ADVERTISEMENT

आठौं पटक मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
nitish-kumar.jpg.jpeg

पटना । नितिशकुमार आठौं पटक बिहार राज्यको मुख्यमन्त्री बनेका छन् । सात दलीय महागठबन्धनको बैठकले  नितिशकुमारलाई नै मुख्यमन्त्री पदका निम्ति चयन गरेको थियो । 

तेजश्वी यादवको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा उनी फेरि सत्तामा पुगेका हुन्  । भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर  उनी पुनः मुख्यमन्त्रीमा पदासीन भएका हुन् । 

 नितिशकुमारले पटना राजभवनमा बुधबार शपथ लिए । राष्ट्रिय जनता दलका नेता तेजश्वी यादवले पनि राज्यको उपमुख्यमन्त्रीको शपथ लिए । राजभवनमा भएको शपथ समारोहमा राष्ट्रिय जनता दलका नेता तेजप्रताप यादव, तथा उपमुख्यमन्त्री यादवकी श्रीमती राजश्री, पूर्वमुख्यमन्त्री राबडी देवीलगायत उपस्थित थिए ।

जनता दल युनाइटेड र राष्ट्रिय जनता दलको साझेदारीले दुई सय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जितन माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन् ।

बिहार राज्य विधान सभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् । नितिशकुमारलाई १६४ जना विधायकको समर्थन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ