arrow
ADVERTISEMENT

भारतीय सेनाको क्याम्पमा छिरे आक्रमणकारी, सुरक्षामा कडाइ

तीन सैनिक र दुई आक्रमणकारीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
army-india.jpg

काठमाडौं ।  जम्मू र कश्मीरको राजौरीमा आतङ्ककारीहरूले सेनाको शिविरमा छिरेर आक्रमण गरेका छन् । दुई आत्मघाती आक्रमणकारी परगल आर्मी क्याम्पमा प्रवेश गरेर आक्रमण गरेका हुन् ।  

आक्रमणमा तीन सैनिकको मृत्यु भएको छ भने दुई आक्रमणकारीलाई सैनिकले घटनास्थलमै मारिदिएका छन्  । 

जम्मू र कश्मीरको राजौरीमा रहेको सैन शिविरमा दुई आतङ्ककारीहरू बिहीबार बिहान प्रवेश गरेका थिए । राजौरीबाट करिब २५ किलोमिटर टाढा रहेको  सैन शिविरमामा आत्मघाती हमला भएको हो  । 

घटनामा पाँच जवान घाइते भएका छन् । अहिले सो क्षेत्रमा सेनाको उच्च  निकगारनी भइरहेको छ ।
 
आतङ्कवादीले परगल सैन्य  क्याम्पकोमा आक्रमणको प्रयास गरेको र सिपाहीहरूले उनीहरूलाई रोक्न खोज्दा मुठभेड सुरु भएको एडीजीपी मुकेश सिंहले बताएका छन् । सेनाको क्याम्पमा थप बल पठाइएको छ।सुरक्षा अवस्थामा कडाइ गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ