arrow
ADVERTISEMENT

सपथ लिए भारतीय नवनिर्वाचित उपराष्ट्रपति धनखरले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
jagdeep-dhankhar-vice-president-india-oathjpg.jpg

काठमाडौं । भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदिश धनखरले भारतको १४औँ उपराष्ट्रपतिका रुपमा सपथ लिएका छन् । राष्ट्रपति द्रौपती मुर्मुले राष्ट्रपति भवन नयाँ दिल्लीमा उपराष्ट्रपति धनखरलाई बिहीबार सपथ खुवाएकी हुन् ।

गत अगस्त ६ मा भएको निर्वाचनबाट उनी उपराष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी निर्वाचित भएको घोषणा भने अगस्त ७ मा प्रमुख निर्वाचन आयुक्त राजिभ कुमार र निर्वाचन आयुक्त अनुपचन्द्र पाण्डेले गरेका थिए । 

उपराष्ट्रपतिमा निर्वाचित धनखरसँग विपक्षी गठवन्धनको समर्थन पाएका उम्मेदवार मार्गरेट अल्भाले प्रतिस्पर्धा गरेका थिए । भारतको संघीय संसदमा भएको निर्वाचनमा धनखरले ५२८ मत पाउँदा अल्भालाई १८२ मत परेको थियो । 

यसरी हेर्दा उपराष्ट्रपतिम निर्वाचित धनखरले ७४.३६ प्रतिशत बराबरको मत प्राप्त गरेको देखिएको छ । सन् १९९७ पछिका ६ उपराष्ट्रपतिमध्ये उनले नै सबैभन्दा धेरै मत ल्याएका हुन् । 

उपराष्ट्रपति चयनका लागि ७८० जनाले मतदान गर्न पाउने थिए । ती मध्ये ७२५ जनाले मात्रै मतदान गरेका थिए । खसेको मत मध्ये पनि १५ मत रद्ध भएको थियो । उपराष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा ३५६ मतको आवश्यकता पर्नेमा धनखरले अत्यधिक धेरै ५२८ मत पाउन सफल भएका हुन् । 

उनको जन्म सन् १९५१ को मे १८ मा भारतको राजस्थान राज्यको झुन्झुनुमा सामान्य किसान परिवारमा भएको हो । उनले विद्यालय तहको शिक्षा छत्तिसगढ स्थित सैनिक विद्यालयबाट पूरा गरेका थिए । 

उनले उच्च शिक्षामा भने भौतिक शास्त्र र कानून शास्त्र अध्ययन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ