arrow

कमेडियन श्रीवास्तव भेन्टिलेटरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
raju-srivastav.jpg

काठमाडौं । कमेडियन राजु श्रीवास्तव गम्भीर बिरामी परेका छन् । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । दिल्लीको एम्सको आईसीयूमा उनको उपचार भइरहेको छ । राजुका पीआरओ गर्वित नारंगले भने, ‘साँझ डाक्टरले एन्जियोप्लास्टी गरिएको छ । तर उनको दिमागले अझै कुनै प्रतिक्रिया जनाएको छैन ।’

२८ घण्टा बढी समयदेखि उनको दिमागले काम नगरेको नारंगले बताएका छन् । नाडीको धडकन पनि ६०–६५ को बीचमा रहेको छ । गर्वितका अनुसार उनको मुटुको एक भागमा सत्प्रतिशत ब्लकेज रहेको थियो । 

राजुका भाइ काजु पनि एम्स अस्पतालमा उपचाररत रहेका छन् । कानको तल्लो भागमा गाँठो आएपछि उनको शल्यक्रिया गरिएको छ । तीन दिनदेखि उनी एम्समा भर्नारत छन् । तर उनलाई राजुको बारेमा केही बताइएको छैन । 
 



नयाँ