arrow

मापसे गर्ने १ सय १३ सवारी चालक कारबाहीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २७ शुक्रबार
mapase.jpg

काठमाडौँ । मादक पदार्थ सेवन गर्ने १ सय १३ जना सवारी चालकलाई प्रहरीले कारबाही गरेको छ । 

काठमाडौं उपत्यकामा बुधबार मात्रै १ सय १३ जना सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका थिए । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाको विभिन्न स्थानमा चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो । 

साथै उपत्यकामा एकै दिन प्रहरीले २ हजार ७४१ जना सवारी चालकलाई कारबाही गरेको छ । 

कारबाहीमा पर्नेहरूमा लेन अनुशासन पालना नगर्ने १४९, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ११३, रेड लाइटको पालना नगर्ने १२० र नम्बर प्लेट देखिने गरी नराख्ने ३३ जना सवारी चालक रहेका छन् ।

बाँकी २ हजार ३२६ जना सवारी चालकलाई भने अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ