- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड अभिनेता आमिर खान आज ब्रान्ड बनेका छन् । तर कुनै समय आमिर खानले विद्यालयको शुल्क तिर्न नसकेर शुल्क नतिर्ने विद्यार्थीको सूचीमा पर्नुपर्थ्यो ।
आमिर भारतीय निर्माता, लेखक तथा निर्देशक ताहिर हुसैनका छोरा हुन् । ताहिरले धेरै राम्रा फिल्म बनाए तर पैसा कमाउन सकेनन् । सोही कारण अमिरले विद्यालयको शुल्क तिर्न सक्दा थिएनन् ।
एक अन्तर्वार्तामा आमिरले भनेका छन्,' मानिसहरूलाई राम्रो फिल्म निर्माताको छोरा धनी हुन्छन् भन्ने लाग्छ । तर मेरो बुवा ताहिर हुसैन राम्रो व्यवसायी थिएनन् । उनी सधैँ पैसा गुमाउने गर्थे। उनले धेरै राम्रा फिल्म बनाए तर पैसा कमाउन सकेनन् ।'
उनको बाल्यकालमा परिवारको आर्थिक अवस्था ठिक थिएन। उनको बुबाले धेरै ऋण लिएका थिए, जुन ३६ प्रतिशत भन्दा माथि हुन्थ्यो।
एक समय घरबार विहीन हुने अवस्था आयो । पैसाको अभावमा घर बेच्न अवस्था थियो।
अभिनेतालाई स्कुलले सस्तोमा ट्युसन दिन्थ्यो त्यो पनि तिर्न सकेनन्। जसको शुल्क ६ रुपैयाँ रहेको थियो । सातौँ कक्षामा ७ रुपैयाँ, आठौँमा ८ रुपैयाँ र १० कक्षामा १० रुपैयाँ पनि उनले शुल्क तिर्न सकेनन् ।
आमिरको नाम शुल्क नतिर्ने बालबालिकाको सूचीमा हुन्थ्यो जुन निकै लाजमर्दो थियो । बिहानको प्रार्थनामा विद्यालय अगाडि शुल्क नलिने विद्यार्थीमा उनको नाम लिइन्थ्यो ।
अभिनेताले आफ्नो आर्थिक अवस्था राम्रो नभए पनि राम्रो रेखदेखमा हुर्काएको बताउने गरेका छन् ।
पछिल्लो समय आमिरको फिल्म ‘लाल सिंह चड्ढा’ हलमा रिलिज भएको छ । फिल्म हलिउड अभिनेता टम ह्याक्सको फिल्म फरेस्ट गम्पको हिन्दी रिमेक हो ।
‘ठग्स अफ हिन्दुस्तान’ को चार वर्षपछि आमिर खान फेरि ठूलो पर्दामा देखिएका हुन् ।