- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड अभिनेत्री सारा अली खान २७ वर्षकी भएकी छिन् । उनले २७ औं जन्मोत्सव मनाइरहेकी छिन् । उनले आफ्नो तीन वर्षको करियरमा पाँच फिल्ममा काम गरेकी छिन् ।
३ फिल्म हिट तथा २ फ्लप भएका छन् । उनी फार्बस् को लिष्टमा समेत सामेल भएकी छिन् । उनको जन्म १२ अगष्ट १९९५ मा भएको थियो । उनी ९ वर्षकी हुँदा उनका बाबुआमाबीच पारपाचुके भएको थियो ।
उनी दुःखी भए पनि पढाइ गरिन् । उनी अमेरिकाको न्यूयोर्कमा पढ्न गइन् । उनले स्नातक गरेकी छिन् । एक दिन सिकागोमा ऐश्वर्या रायको नृत्य हेरेपछि त्यहीँबाट उनलाई कलाकार बन्ने भूत सवार भयो ।
सन् २०१६ मा स्नातक गरेपछि उनी भारत आइन् तब पीसीओएस अर्थात् पोलिसिटिक ओबियस सिन्ड्रोमबाट पीडित थिइन् । यो रोगका कारण शरीरको तौल बढ्ने गर्छ । उनको तौल ९६ किलो भएको थियो । तब उनले हिम्मत बढाएर उनले डेढ वर्षको अवधिमा तौल ४६ किलो घटाइन् ।
तब जीवनमा नयाँ रंग ल्यायो र उनले पहिलो फिल्म केदारनाथ गरिन् । फिल्म हिट भयो । त्यसपछि उनी रणवीर सिंहसँग सिम्बा खेलिन् । फिल्म हिट भयो ।
त्यसपछि कार्तिक आर्यनसँगको चलचित्र लभ आजकल पनि हिट भयो । उनकी आमा अमृता सिंह हुन् ।
शेफ अली खानले दोस्रो बिहे गरे । उनकी सौतेनी आमा करिना कपूरसँग पनि उनको उत्तिकै सम्बन्ध छ । उनी कयौं ब्राण्डकी एम्बास्डर छिन् ।