arrow

तोलामा ७०० रुपैयाँले बढ्यो सुन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २७ शुक्रबार
gold-final-2022.jpg

काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । बिहीबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको भाउ स्थिर छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ