arrow

कांग्रेसका लागि उम्मेदवारी मनोनयन पत्र दिने जिम्मा देउवालाई, यी हुन् कार्यसम्पादन समितिका पाँच निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
congress-karyasampadan-baithak-2079-02-28.jpg

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदान गरेको छ । 

कांग्रेसको शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई यस्तो जिम्मेवारी दिएको हो । यस्तै निर्वाचनका लागि निर्वाचन अयोगमा पार्टी दर्ता गर्ने, निर्वाचन लक्षित अभियान सञ्चालन गर्नेलगायत निर्णय पनि बैठकले गरेको छ । 

यी हुन् बैठकले गरेका पाँच निर्णयहरू– (विज्ञप्तिबाट)
१, सम्वत् २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने ।

२, २०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई “उम्मेदवार मनोनयनको औपचारिक पत्र” प्रदान गर्नका लागि पार्टी सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने ।  

३, २०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने ।

४, २०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) (क) (ख) र (ग) बमोजिम तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (७) (क) (ख) (ग) र (घ) बमोजिमको प्रक्रिया पुर्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देश गर्ने ।

५, आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीत राष्ट्रव्यापी अभियानको पूर्व निर्धारित मितिलाई परिमार्जित गरेर भाद्र १० देखि भाद्र २४ गतेसम्म संचालन गर्ने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ