arrow
ADVERTISEMENT

रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालियो, बोल्न सक्ने अवस्थामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
salman-rushdie-writer.jpg

न्यूयोर्क । शुक्रबार अमेरिकाको न्यूयोर्क राज्यमा छुरा प्रहारमा परेका प्रख्यात लेखक सलमान रुस्दीलाइ भेन्टिलेटरबाट बाहिर निकालिएको जनाइएको छ । उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले पुष्टि गरे । 

त्यस्तै उनी बोल्न सक्ने अवस्थामा रहेको पनि अमेरिकी सञ्चार माध्यम वासिंगटन पोस्टले जनाएको छ । उनको स्वास्थ्यबारे थप विवरण भने दिइएको छैन । 

यसअघि भारतीय मूलका ७५ वर्षे लेखक रुस्दीलाई छुरा प्रहार गरेको आशंकामा पक्राउ परेका हाडी मटारले न्यूयोर्कको एक अदालतमा आफू दोषी नभएको दाबी गरेका थिए । 

ज्यान मार्ने प्रयास र कुटपिट गरेको अभियोगमा मटारलाई शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । उनलाई चौटौका काउन्टी कारागारमा थुनामा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ