arrow

२४ सय करोड आमिरसँग, एक फिल्मको ९६ करोडसम्म

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
aamir-khan-china.jpg

काठमाडौं । बलिउड अभिनेता आमिर खानसँग आज २ हजार ४८८ करोड नेपाली रुपैयाँको सम्पत्ति छ। आमिरले वार्षिक १९२ करोड  कमाउँछन्। 

आमिर खानको मुम्बईको पोश क्षेत्रमा एउटा विलासी सी फेसिङ अपार्टमेन्ट छ। ५ हजार स्क्वायर फिटको यो विशाल घर दुई तल्लामा फैलिएको छ । आमिरले यो घर सन् २००९ मा १८ करोड भारुमा किनेका थिए । आज यसको मूल्य ६० करोड भारु छ।

यसबाहेक आमिर खानको मुम्बईका अन्य पोश क्षेत्रमा पनि फ्ल्याट छन् । मरीनामा दुई वटा फ्ल्याट र बेला भिस्टा, पाली हिल, बान्द्रामा एउटा फ्ल्याट छन्।

मुम्बईमा सम्पत्तिबाहेक आमिर खानको उत्तर प्रदेशको शाहाबादमा २२ वटा घर छन्। यी घरहरू आमिर खानको पैतृक सम्पत्ति हुन् र उनले यी सम्पत्तिहरूका लागि खरिदकर्ता खोजिरहेका आफ्ना काकाबाट किनेका थिए। 

सन् २०१३ मा आमिर खानले ७ करोड भारुमा पाँचगनीमा फार्महाउस किनेका थिए । यो फार्महाउस २ एकडमा फैलिएको छ ।

आमिर खानलाई देशभर धेरै सम्पत्तिको मालिक भनिन्छ। तर २०१६ मा उनले भने कि उनी सम्भवतः एक मात्र स्टार हुन् जसको भारत बाहिर घर छैन।

चार वटा राष्ट्रिय फिल्म पुरस्कार, आठ फिल्म फेयर अवार्डबाट सम्मानित भएका आमिरलाई भारत सरकारले सन् २००३ मा पद्मश्री र २०१० मा पद्म भूषणबाट पनि सम्मानित गरिसकेको छ।

आमिरले आफ्नो अभिनय करियर आठ वर्षको हुँदा सुरु गरेका थिए । उनी आफ्ना काका नासिर खानको फिल्म यादों की बारातमा बाल कलाकारको रूपमा देखा परेका थिए। 

आमिरले फिल्म ‘कयामत से कयामत तक’ बाट अभिनेताको रूपमा डेब्यु गरेका थिए । यस फिल्ममा आमिर र जुहीको अभिनयलाई निकै रुचाइएको थियो, त्यसपछि उनीहरूलाई धेरै फिल्मको अफर आएको थियो ।

आमिर खानलाई खेलकुद निकै मन पर्छ । उनको मन पर्ने खेलहरू टेनिस र चेस हुन्।  आमिर १२–१४ वर्षमुनिको टेनिसमा राज्य स्तरीय च्याम्पियन भइसकेका छन् । 

आमिर खानले हालसम्म ५६ देखि ६० वटा फिल्म गरिसकेका छन् । मिडिया रिपोर्टका अनुसार आमिरले एउटा फिल्मका लागि ८० देखि ९६ करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । 

यसबाहेक उनी साझेदारीमा फिल्म पनि बनाउँछन् र कमाइ पनि गर्छन् । फिल्ममा अभिनय र निर्देशनका अलावा आमिरले विज्ञापनबाट पनि मनग्य आम्दानी गर्छन् । आमिरले एउटा विज्ञापनका लागि करिब १२ करोड भारु लिन्छन् ।

हालै आमिरको ‘लाल सिंह चड्ढा’ ५ हजार स्क्रिनमा रिलिज भएको छ । यो फिल्म बनाउन कुल १४ वर्ष लागेको थियो । यो फिल्मबाट आमिर चार वर्षपछि पर्दामा फर्किरहेका छन् ।



नयाँ