arrow
ADVERTISEMENT

शिक्षकको कुटपिटबाट विद्यार्थीको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
teachers-day.jpg.jpeg

काठमाडौं । भारतको राजस्थानमा शिक्षकको कुटपिटबाट दलित समुदायका एक बालकको मृत्यु भएको छ ।

शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै कुट्दा विद्यालयका नौ वर्षीय बालकको शनिवार मृत्यु भएको हो । 

कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेको बालकको करिब ३०० किलोमिटर टाढा अहमदाबादमा उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

 द्वन्द्व चर्किने आशङ्कामा उक्त क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ । मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । 

प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ