arrow

योगेशले फोहर व्यवस्थापनमा एमालेसँग सहकार्य गर्न बालेनलाई गरे आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
yogesh-bhattarai-2079-04-29.jpg

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले फोहर व्यवस्थापनका लागि एमालेसँग सहकार्य गर्न काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह ‘बालेन’ लाई आग्रह गरेका छन् । उपत्यकाको फोहर ७१ दिनदेखि उठ्न नसकेको भन्दै उनले एमालेसँग फोहोर व्यवस्थापनको भिजन भएकाले मेयर साहलाई पनि आफ्नो योजना लिएर आए सम्पूर्ण हिसाबमा पार्टीले सहयोग गर्ने बताएका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वमा र एमालेकै नेता विद्यासुन्दर शाक्य काठमाडौंको मेयर हुँदासमेत फोहर व्यवस्थापन गर्न असफल रहेको दृष्टान्त छँदाछँदै एमाले सचिवसमेत रहेका सांसद भट्टराईले भने बालेनलाई सहयोग गर्ने फुस्रो आश्वासन दिएका हुन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै भट्टराईले सरकारले फोहोर व्यवस्थापनका लागि केही गर्न नसक्ने र सरकारको भर परे मेयर बालेन असफल हुने निश्चित भएको र काठमाडौंको पनि बरबादी हुने दाबी गरे । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ