arrow
ADVERTISEMENT

महिनावारीका सबै सामग्री निःशुल्क दिने विश्वकै पहिलो देश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
scotish-parliment.jpg

काठमाडौं । स्कटल्याण्ड सोमबारदेखि महिनावारीका सम्पूर्ण सामग्रीहरु निःशुल्क उपलब्ध गराउने विश्वकै पहिलो देश बन्ने भएको छ । यसले सोमबारदेखि महिनावारीका सम्पूर्ण सामग्रीहरु निःशुल्क उपलब्ध गराउने भएको हो ।

स्कटिश सरकारले आइतबार जारी गरेको विज्ञप्तिमा स्थानीय अधिकारीहरू र शिक्षकहरूलाई अब कानूनी रूपमा यो सुनिश्चित गर्न आदेश दिइने बताएको छ । आवश्यक भएकाहरुले सहजै निःशुल्क रुपमा महिनावारीका सामान प्राप्त गर्नछन् ।

पिरियड प्रोडक्ट्स फ्री प्रोभिजन स्कटल्यान्ड ऐन २०२० मा पारित भएपछि स्कटिश सरकारको सेनेटरी उत्पादनहरू जस्तै ट्याम्पन र सेनेटरी प्याडहरू सार्वजनिक रूपमा पहुँचयोग्य बनाउने प्रयासलाई यसले बलियो बनाउने भएको छ ।

सन् २०२० को नोभेम्बरमा स्कटिश संसदले सर्वसम्मतिले सो कानूनको पक्षमा मतदान गरेको थियो । सेनेटरी उत्पादनहरूमा जो कोहीले पहुँच प्राप्त गर्न सक्ने सुनिश्चित गर्न विधेयकले मन्त्रीहरूलाई कानूनी जनादेश दिन थप मद्दत गरेकाे छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ