- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इजिप्टको स्वास्थ्य मन्त्रालयले राजधानी कायरो नजिकैको गिजा सहरको एउटा चर्चमा भएको आगलागीमा परी कयौं व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ ।
इजिप्टको कप्टिक चर्चले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै इम्बाबा नजिकैको अबु सिफिन कप्टिक चर्चमा आइतबार भएको आगलागीमा ४१ जनाको मृत्यु भएको र ५५ जना घाइते भएको बताएको छ ।
दुई सुरक्षा स्रोतले रोयटर्स समाचार एजेन्सीलाई पाँच हजार उपासकहरू सामूहिक रूपमा भेला भएको अवस्थामा विद्युतीय कारणले आगो लागेपछि भाग दौड मच्चिएको जानकारी दिएको छ ।
आगो निभाउन १५ वटा दमकलको गाडी घटनास्थलमा पठाइएको थियो भने एम्बुलेन्सले घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याएको थियो।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले कप्टिक क्रिश्चियन पोप तावाड्रोस द्वितीयसँग फोनमार्फत शोक व्यक्ति गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।