arrow

के के निर्णय भयो कांग्रेस लुम्बिनी प्रदेशमा ?

logo
मणिप्रसाद गैह्रे,
प्रकाशित २०७९ साउन २९ आइतबार
congress-lumbini-pradesh-2079-04-29.jpg

कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको बैठक बुटवलमा सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनको समीक्षा तथा आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको  लागि लक्षित गरी प्रदेश सभापति अमर सिंह पुनको अध्यक्षतामा बैठक बसी विभिन्न निर्णयहरु भएका छन् । 

नेपाली कांग्रेसको पक्षमा चुनावी माहोल सिर्जना गरी पार्टीको स्थलगत रिपोर्टिङको लागि लुम्बिनी प्रदेशका ५२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय भएको प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले बताए । 

त्यस्तै स्थानीय तहको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनले अपेक्षाकृत नतिजा प्राप्त गरेको निष्कर्ष निकालेको छ । स्थानीय तह निर्वाचको मतभार, पार्टीको संगठनको परिस्थिति र राष्ट्रिय आवश्यकता बमोजिम लुम्बिनी प्रदेशको सम्पूर्ण भूगोलमा गठबन्धन गर्ने निर्णय गरेको छ ।  

केन्द्रीय समीकरण अनुसार गठवन्धनको अवस्था पक्ता लगाउनको लागि निर्वाचन क्षेत्रमै पुगेर अवस्थाको विशलेष्ण गरी निचोड निकाल्न कामको शुरुआत भएकोसमेत बैठकको निष्कर्ष रहेको छ । 

साथै पार्टीको नीति, घोषणा पत्र, आर्थिक नीति, योजना तर्जुमा, संघीयताको सवलीकरण, स्थानीय शासन प्रणाली र जनता–स्थानीय सरकार र कांग्रेसबीचको सन्तुलित सम्बन्ध स्थापित गर्नको लागि कांग्रेसको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूको लागि प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय भएको प्रदेश सभापति अमर सिंह पुनले बताए ।



नयाँ