arrow

भ्रष्टाचारको आरोपमा सुकीलाई थप ६ वर्षको जेल सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
aung-san-suki1.jpg

काठमाडौं । म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सैन्य शासित म्यानमारको अदालतले भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै पहिले नै तोकिएको ११ वर्षपछि थप ६ वर्षको जेल सजाय सुनाएको छ ।

७७ वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सुकीले सबै आरोप अस्वीकार गरेकी छिन् । अदालतले उनलाई सजाय सुनाएपछि उनका वकिलहरूले पुनरावेदन गर्ने अपेक्षा गरिएको छ ।

यो सुनुवाइ बन्द ढोका पछाडि भएको थियो जहाँ मिडिया वा जनता कसैको पहुँच थिएन । उनका वकिलहरूलाई जानकारी खुलाउनबाट ग्याग आदेशद्वारा निषेध गरिएको थियो।

सन् २०२१ को फेब्रुअरी १ मा म्यानमारमा सेनाले कू गर्दै सत्ता कब्जा गरेको थियो । सेनाले सुकी नेतृत्वको देशको सत्तारूढ दल नेसनल लीग फर डेमोक्रेसी (एनएलडी)का लोकतान्त्रिक रूपमा निर्वाचित सदस्यहरूलाई पदच्युत गरेको थियो ।



लोकप्रिय समाचार
नयाँ