arrow

फोहरमा राजनीति : स्थानीय लुक्दै गुलेली हान्दै

सत्तारुढ दल र विपक्षीको अगुवाइमा सडक अवरोध भइरहेको आरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
bancare-dada.jpg

काठमाडौं । काठमाडौंको फोहरमा राजनीतिक दलले नै विसर्जन गर्न नदिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बताएका छन् । मेयर शाहले सत्तारुढ दलहरूकै स्थानीय नेताहरूको अगुवाइमा सडक अवरोध भइरहेको आरोप लगाएका छन् । 

त्यस्तै विपक्षी दलहरू एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि सडक अवरोधमा साथ दिएको उनले आरोप छ । 

सोमवार २०३ वटा मात्र फोहोरका गाडीहरू बञ्चरे डाँडा पुगेर फोहोर विसर्जन गरेका छन् । सोमवार दुई सय भन्दा बढी प्रहरीहरूको परिचालनबाट फोहोरका गाडीहरू बञ्चरे लगिए पनि केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गरेको शाहले बताएका छन् । 

बालेन्द्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ,' केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरू छन् । नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?' 

विगत दोहोर्‍याएर अपराध नगर्ने भन्दै उनले लेखेका छन् ,' यहाँ केही कमजोरी, केही गल्ती भएकै छ । सिसडोलमा गरिएको लापरबाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरूले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वाभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्‍याएर अपराध गर्ने छैनौँ । यसका लागि केही समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगीताका लागि महानगर संवेदनशील छ । हामी आफुले गरेका सहमतिहरूको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेदनशीलता र इमानदारिताको अपेक्षा राख्दछौँ ।'

बञ्चरेडाँडाका स्थानीयले फेरी फोहर विसर्जनमा अवरोध गरेका छन् । विभिन्न कारण अवरोध हुँदै आएको फोहर व्यवस्थापन स्थानीयवासीले पुनः रोकेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरूले सोमबार बिहानैदेखि धुनिबेंसी १ ढाडेमा फोहोर बोकेका गाडीलाई रोकेका थिए । फोहोर विसर्जन गर्न प्रहरी परिचालन गर्नुपरेको थियो । स्थानीयले फोहोर बोकेका गाडी तोडफोड गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ