arrow

प्रचण्डलाई आयोगको बिन्ती

१० करोड रुपैयाँसम्म खर्च गर्ने उम्मेदवारको हुन् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
prachanda-comred.JPG

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले आग्रह गरेको छ । 

प्रचण्डले साउन ९ गते नरबहादुर कर्माचार्यको ९औं स्मृति दिवसमा गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको जानकारी आफूले पाएको बताएका थिए । 

अहिले आयोगले प्रचण्डसँग चुनावमा करोडौं खर्च हुने भनेर दिएको अभिव्यक्तिको सूचना दिन माग गर्दै पत्र पठाएको हो । 

आयोगले प्रचण्डलाई लेखेको पत्रमा,' गाउँपालिका अध्यक्षमा चुनाव जित्नका लागि १० करोडसम्म खर्च भएको भनी तपाईँले दिएको सार्वजनिक अभिव्यक्ति प्रति आयोगको ध्यानाकर्षण भएको छ । तपाईँले पाएको सूचना अनुसार गाउँपालिका अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च गर्ने उम्मेदवार बारे सूचना उपलब्ध गराई सहयोग गरिदिनुहुन निर्माणार्थ अनुरोध गरिन्छ ।' भनिएको छ ।

आयोगको निर्वाचन एन अनुसार गाउँपालिका अध्यक्षले तीन लाख पचास हजारभन्दा बढी खर्च गर्न पाउँदैनन् । 

प्रचण्डले एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र सङ्घको चुनावमा त उनीहरूले ५० औँ करोड खर्च गर्ने भए भनेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ