arrow

नेपाली र अमेरिकी सेनाबीच आजदेखि एक महिनासम्म संयुक्त सैन्य अभ्यास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
nepal-usa-army-training.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच आजदेखि संयुक्त तालिम हुँदैछ । ‘एक्स व्यालेन्स नेल २२(५५३)’ नाम दिइएको संयुक्त सैन्य अभ्यास भदौ ३१ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । 

२०६० सालदेखि नै नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ‘एक्स व्यालेन्स नेल’ विगत सरह नै यस वर्ष उनन्चालिसौँ संस्करण हुन लागेको सेनाले जनाएको छ । 

रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच संयुक्त अभ्यास सञ्चालन हुने छ । 

नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित उक्त संयुक्त तालिम–अभ्यासमा सशस्त्र द्वन्द्वको कानून र सैन्य निर्णय प्रकृया लगायतका विषयमा जानकारी गराइने छ । अभ्यास छाउनी र नगरकोटमा सञ्‍चालन हुने नेपाली सेनाले जनाएको छ । 

उक्त संयुक्त अभ्यासमा सहभागिताको लागि अमेरिकी सेनाको टुकडी क्याप्टेन ब्लेक डुकाटेलको कमाण्डमा अभ्यासका लागि आवश्यक पर्ने सैन्य सामग्री सहित सोमबार नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ