arrow

वीपीकी नातिनी ५२ वर्षमा

मनिषा कोइरालाको बलिउड यात्रा क्यान्सरपछि ओरालो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
manisha.JPG

काठमाडौं । नेपाली मूलकी बलिउड अभिनेत्री मनिषा कोइराला आजबाट ५२ वर्ष टेकेकी छन् । १९७० अगस्ट १६ काठमाडौंमा जन्मिएकी मनिषा पूर्व प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला (वीपी)की नातिनी हुन् । उनका बुबा प्रकाश कोइराला पूर्वमन्त्री हुन् । बुबा  वातावरण, विज्ञान तथा प्रविधि मन्त्री भएका थिए ।

'सौदागर' बाट बलिउडमा डेब्यू गरेकी मनिषाको प्रारम्भिक पहिचान नेपाली बलिउड अभिनेत्रीको रूपमा रहेको छ । उनले सन् १९८९ मा नेपाली चलचित्रबाट करियर सुरु गरेकी थिइन् । त्यसपछि ९० को दशकमा उनले सलमान, शाहरुख, आमिर, गोविन्दा, सञ्जय दत्त जस्ता बलिउडका ठूला स्टारसँग पनि काम गरिन् ।

९० को दशकमा मनिषाले धेरै अविस्मरणीय फिल्म गरेकी छन् । उत्कृष्ट अभिनयका माध्यमबाट मनिषाले बलिउडमा धेरै उत्कृष्ट फिल्ममा काम गरि फिल्मी दुनियाँमा आफ्नो स्थान हासिल गरिन् । 

मनिषाले भारतका हिन्दी, तमिल, मलायलम, बांगला गरी करिब ८० फिल्ममा अभिनय गरेकी छन् । मप्पिलाई' (तमिल), नेटफ्लिक्स फिल्म 'लस्ट स्टोरिज' र 'डियर माया' उनको अभिनयको तारिफ भएका पछिल्ला फिल्म हुन् । मन, खामोशीः द म्युजिकल, बम्बे, अ लभ स्टोरी प्रशंसा गरिएका फिल्म हुन् । 

साथै मनिषा नाना पाटेकरसँगको सम्बन्धलाई लिएर पनि चर्चामा रहेकी थिइन् । नाना र मनिषाले सञ्जय लीला भंसालीको चलचित्र 'खामोशी : द म्यूजिकल' मा पनि सँगै अभिनय गरेका छन्। सोही क्रममा आफ्नो सम्बन्धको विषयमा दुवैले सार्वजनिक गरेका थिए । साथै नाना र मनिषाबीच साना तिना झगडाका समाचार पनि आउने गर्दथे । नाना पाटेकर मनिषालाई लिएर निकै सोचमा हुन्थे । 

मनिषाको व्यक्तिगत जीवन निकै पीडादायी रहेको छ । अन्य अभिनेत्रीको जस्तै मनिषा कोइरालाको करियर पनि ओरालो लाग्न थाल्यो । सन् २०१० मा मनिषाले सम्राट दाहालसँग विवाह गरिन् । तर दुई बर्षपछि सम्बन्धविच्छेद भयो । 

सन् २०१२ उनलाई पाठेघरमा क्यान्सर भयो । मनिषा कोइरालाले न्यूयोर्कमा उपचार गराएकी थिइन् । एक वर्षको उपचारपछि उनी पूर्ण निको भएर फर्किइन् । 

क्यान्सरबाट निको भएपछि मनिषा कोइरालाले आफ्नो पुस्तक ‘हिल्डः हाउ क्यान्सर गेभ मी अ न्यू लाइफ’ सार्वजनिक गरिन् । पुस्तक मार्फत उनले जीवन सङ्घर्षको कथा प्रस्तुत गरेकी छन् ।

उनले फेरी सन् २०१७ मा उनले फिल्म ‘डियर माया’ बाट बलिउडमा कमब्याक गरिन् ।  सन् २०१८ मा मनिषाले सञ्जय दत्तको आमा नरगिसको भुमिका 'सञ्जु' मा अभिनय गरेकी थिइन् । २०२२ मा मनिषा कार्तिक आर्यनको सेजादा फिल्ममा देखिँदै छिन् । 



नयाँ