arrow

माओवादीको कार्यालयमा किसानको धर्ना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
perish-dada.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पीडित किसानहरूले तीन दिन देखी धर्ना दिएका छन् । 

पेरिस डाँडामा नक्कली जग्गाधनी खडा गर्ने र भ्रष्ट कर्मचारीलाई कारबाहीको माग गर्दै नवलपरासीका पीडित किसानहरूले धर्ना दिएका हुन् ।

आफूले वर्षौँदेखि भोग चलन गर्दै आएको जग्गा नक्कली जग्गाधनी बनेर अर्कैको नाममा नामसारी गरेर भूमाफियाले जग्गा हडपेको भन्दै नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-६ का पीडित सङ्घर्ष समितिले आज बिहान माओवादीको पार्टी कार्यालय अगाडि धर्ना दिएका हुन् ।

उनीहरूले तीन दिन देखी धर्ना दिइरहेको भए पनि आफ्ना कुराहरू नसुनेको गुनासो छ  । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ