arrow

'फोहरमाथि राजनीति नगर' भन्दै बालुवाटारमा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
fohor-rajhiti.jpg

काठमाडौं । काठमाडौं उपत्यकाको फोहर विसर्जनमा समस्या देखिएपछि नागरिक अगुवाहरूले विरोध जनाएका छन् । उपत्यकाको फोहर व्यवस्थापनका लागि सरकारलाई दबाब दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेर स्वतन्त्र उम्मेदवारी अभियानका अभियान्ताहरुले विरोध प्रदर्शन गरेका छन् । 

बन्चरेडाँडा क्षेत्रका राजनीतिक दलहरूले फोहर फाल्न नदिने भनेर विज्ञप्ति नै  जारी गरेका छन् । बञ्चरेडाँडामा सरकार र विपक्षी दुवै दलले फोहर विसर्जन गर्न दिएका छैनन् । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरूले सोमबार बिहानैदेखि धुनिबेंसी १ ढाडेमा फोहर बोकेका गाडीलाई रोकेका थिए । 

बालुवाटारमा उनीहरूले  फोहर व्यवस्थापन हामी सबैको दायित्व हो । पहिले फोहर व्यवस्था गर अनि भोट माग्न आऊ। फोहर माथि राजनीति नगर । कांग्रेस एमाले माओवादी फोहरको समस्या एउटाको मात्रै हो ? लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए । 

सोही विषयलाई हल गर्न भन्दै अभियान्ताहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउने र प्रधानमन्त्री निवास बाहिर धर्ना दिन उनीहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्री कार्यालयबाट  ज्ञापन पत्र बुझ्न समय नभएको भनेर जवाफ दिएका थिए ।

अभियन्ताहरूले दलहरूले फोहर व्यवस्थापनमा राजनीति गरेको आरोप लगाएका छन् ।  अभियानका संयोजक डम्बर साहुले काठमाडौंमा वैकल्पिक शक्तिको बढ्दो आकर्षण देखेर यसलाई कम गराउन राजनीतिक दलहरूले फोहरमा राजनीति गरेको बताए ।  

उनले भने, 'चुनाव नजिकिँदै छ, काठमाडौंमा जसरी स्वतन्त्र उम्मेदवारहरूको उदय भएको छ । त्यसलाई पछि पार्न गरिएको षड्यन्त्र हो । बालेनलाई फेल गराउन गरिएको दुष्प्रचार हो । राजनीतिलाई पेसा बनाएर बसेकाहरूले वैकल्पिक शक्ति उदाएको देखेर यसलाई कम गर्नको लागि गरिएको राजनैतिक षड्यन्त्र हो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ