arrow

नेपालमा पहिलो पटक नबिल फोनलोन– क्यू आर मर्चेन्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
nabil-fone-loan.jpg

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको छ । नबिल फोनलोन – क्यू आर मर्चेन्ट नामको सेवाको शुरुआतसँगै क्यू आर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैंकिङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्ने बैंकले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।  

नबिलले यूएनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरी यो सुविधा ल्याएको हो । यस सेवा अन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यू आर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैंकिङ लिनुपर्नेछ । त्यसका साथसाथै अघिल्लो महिनामा पाँचवटा क्यू आर कारोबारबाट रु १० हजार बराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्ने बैंकले जनाएको छ ।  

“यो नबिलले ल्याएको पूर्ण रुपमा डिजिटल सेवा हो । हामीले कुनै धितो बिना नै क्यू आर कारोबारलाई आधार मानेर हाम्रा क्यू आर मर्चेन्टहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलो पटक यो सुविधा ल्याएका हौं,” बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले भने । 

उनले यो सेवाले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय बिस्तार गर्न मद्दत पुग्ने र डिजिटल बैकिङ प्रयोग गर्न प्रेरणा मिल्ने बताए ।

शुरुआती चरणमा व्यवसायीहरुले रु १ लाखसम्मको बिना धितो कर्जा एक महिनाका लागि लिन सक्नेछन् । यस सुविधालाई अझ परिमार्जित गरी कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाएको छ । यसअघि नबिल बैंकले पहिलो पटक तलबी व्यक्तिका लागि बिना धितो डिजिटल कर्जा सुविधा नबिल फोनलोन ल्याएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ